काठमाडौं । आज साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.३७ अंकले घटेर २,७५५ को विन्दुमा कायम भएको छ ।
आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ५ अर्ब ६२ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ५५ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै होटल फरेष्ट इनका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले ४.२२ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया