Logo

अर्थ

ईभी जाँचपास प्रकरण: प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारी जिम्मेवारीमुक्त



काठमाडौं । बजेट घोषणा हुनुभन्दा केही दिनअघि प्रक्रिया मिचेर विद्युतीय सवारी साधनको भन्सार जाँचपास गरेको आरोपमा रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले गरेको सिफारिसअनुसार थप अनुसन्धानका लागि रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर भन्सार विभाग तानिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

यस्तै, मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका कारका सन्दर्भमा पनि अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले स्थलगत रुपमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।

अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवद्वयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको अनुसन्धान टोली फिल्डमै रहेको सचिवालयले जनाएको छ । प्रारम्भिक रुपमा भन्सार छलीको आशङ्कामा सुरक्षाकर्मीको सहायतामा नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनीमाथि अनुसन्धान चलिरहेको जनाइएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आईतवार ११:३३   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।