काठमाडौँ। त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै रहेको एक चिया पसलमा सोमबार बिहान आगलागी भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार घटना बिहान करिब ८:०२ बजे भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ सुरक्षाकर्मी र दमकलको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिन प्रयास गरिएको छ।
हालसम्म आगलागीको कारण खुल्न सकेको छैन। क्षतिको विवरण पनि अझै प्राप्त भएको छैन। आगो नियन्त्रण गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया