Logo

खेलकुद

एसियन गेम्स क्वालिफायरको उपाधि नेपाललाई, हङकङ १९ रनले पराजित



काठमाडौं । एसियन गेम्स मेन्स क्वालिफायरको उपाधि नेपालले जितेको छ । वर्षाले खेल रोकिएपछि नेपाल डकवर्थ लेविस स्टर्न पद्दतिका अनुसार नेपाल १९ रनले अघि रहेर उपाधि जित्न सफल भएको हो ।

१८९ रनको लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेटको नोक्सानीमा ११४ रन बनाएको अवस्थामा बर्षाले खेल रोकिएको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले फेरि एकपटक उत्कृष्ट प्रदर्शनका साथ अर्धशतक बनाए ‌। ४० बलमा ८ चौका र ३ छक्कासहित उनले ६५ रन बनाए ।

अर्का ओपनर आसिफ शेख खाता नखोली आउट भएपछि कुशल र रोहित पौडेलले दोस्रो विकेटका लागि ६३ रनको साझेदारी गरे। रोहित ३५ र एक सयौं टी-२० आई खेलिरहेका कप्तान दीपेन्द्र सिंह ऐरी ९ रनमा नटआउट रहँदा खेल रोकिएको थियो।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको छ । पहिला ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएकाे थियाे । नेपालका लागि शेर मल्ल ४, करण केसीले २ र सन्दीप लामिछानेले १ विकेट लिए।

हङकङका लागि अंशुमन रथले ८०, सहिद वासिफले ५५, शिव माथुरले २६ रन बनाए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार १६:००   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।