काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलले तत्काल युद्धविराम हासिल गर्न काम गरिरहेको बताएका छन्। तर, उनले कुनै पनि लापरबाहीले वार्तालाई अवरुद्ध गर्न सक्ने चिन्ता पनि व्यक्त गरेका हुन्।
ट्रम्पले ट्रुथ सोसियलमा लेखेका छन्,‘इजरायल र इरान दुवै पक्षले तत्काल युद्धविराम ल्याउन काम गरिरहेका छन्। शान्ति स्थापना गर्न अन्तिम वार्ता भइरहेको छ। तर कुनै पनि लापरबाही वा मूर्खताले वार्तालाई अवरुद्ध गर्न सक्छ।’
ट्रम्पले अन्तिम सम्झौता नभएसम्म नाकाबन्दी कायम रहने र पूर्ण रूपमा लागू गरिने बताए। वार्ता छिटो अगाडि बढ्नु पर्ने उनले बताए।
यसअघि ट्रम्पले दुवै देशलाई गोलाबारी बन्द गर्न आह्वान गरेका थिए।




















प्रतिक्रिया