Logo

अन्तर्राष्ट्रिय

इरानी नौसैनिक शाखामाथि इयूद्वारा प्रतिबन्धको घोषणा



काठमाडौं। युरोपेली सङ्घ (इयू)ले सोमबार इरानको रिभोलुसनरी गाड्र्सको नौसैनिक शाखा र क्षेत्रीय कमान्डका प्रवक्तामाथि प्रतिबन्ध लगाएको छ। इरानसँगको अमेरिकी युद्धले प्रमुख जलमार्ग बन्द गरेको छ र विश्व बजारलाई अस्तव्यस्त बनाएको छ।

सहकार्यका लागि २७ राष्ट्रहरूको समूह इयूले गार्डको नौसेना शाखा र सङ्गठनको हर्मोजगान प्रान्तीय कमान्डका प्रवक्ता मोहम्मद अकबरजादेहलाई कालोसूचीमा राखेको बताएको छ।

उसले इरानको तेल निर्यातकर्ता युनियनका प्रतिनिधि हमिद होसेनीलाई सम्पत्ति रोक्का र भिसा प्रतिबन्धमा राखेको पनि बताएको छ।

युरोपेली राष्ट्रहरूले मध्यपूर्वमा हाल जारी लडाइँ रोकिएपछि हर्मुजमा नौसैनिक मिसन पठाउने योजनाका लागि फ्रान्स र बेलायतको नेतृत्वमा काम गरिरहेका छन्।

युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ काजा कलासले ‘रेड सी’मा रहेको युरोपेली सङ्घको नौसैनिक मिसनले उक्त सैन्य मिसनमा भाग लिन सक्ने बताएका छन्।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार २१:५७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।