काठमाडौं। बाढी-पहिरोको जोखिमका कारण काठमाडौंको सतुंगल-चित्लाङसहित देशका तीन सडक अवरुद्ध भएका छन्। एउटा सडकमा एकतर्फी सवारी चलिरहेका प्रहरीले जनाएको छ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका ९ देउरालीमा सडक मर्मत कार्य जारी रहेकाले सतुंगल-चित्लाङ सडक बन्द छ। यो सडक एक महिना बन्द हुने प्रहरीले जनाएको छ।
त्यस्तै, सम्भावित बाढीको जोखिम रहेकाले खुर्कोट-नेपालथोक कटुन्जेबेँसी (बीपी राजमार्ग) भएर चल्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
बाढीको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिकाका ३ ठाउँमा मध्यपहाडी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ।




















प्रतिक्रिया