Logo

अर्थ

बजेटप्रति अमरेश असन्तुष्ट: ‘फुकेको बेलुन लामो समय टिक्दैन’



काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति कटाक्ष गरेका छन् । उनले कार्यान्वयन नहुने खालको बजेट ल्याएको भन्दै यसले गरिब जनतालाई नछोडएको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘युवालाई रोजगारी हामी दिन सकेनौँ भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखियो ? मैले बुझाउने क्षमता राख्दैन तर म व्यवहारिक क्षमता राखेको छु किनभने जनताको घरदैलोमा गइराख्नुपर्छ, गरिबको भान्सामा देख्नुपर्छ । गरिबले के पायो ? कर्मचारीले त पायो २१% पायो । तर, कर्मचारी कति प्रतिशत छ ?’

उनले आफ्नो चिन्ता मुसहर, दलित र चेपाङ बस्तीप्रति भएको बताए । उनले भने, ‘जुम्लाको स्याउलाई कसरी प्रवर्द्धन गर्ने ? उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशिक रोजगारी रेमिट्यान्सको भरमा चलिराखेको छ । साउथ एसियामा यस्तो कुनै देश नै छैन जहाँ जीडीपीको ३२-३३ प्रतिशत बजेट बनाइन्छ। यो आफैँमा एउटा ठुलो फुकेको बेलुन हो । फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्वयन हुन्छ? मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला ।’

प्रकाशित मिति : २८ जेष्ठ २०८३, बिहीबार १४:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।