काठमाडौं। सबैभन्दा ठूलो सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमा समस्या देखिएको छ। योसँगै विश्वभरका लाखौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्न कठिनाइ भोगेका छन्।
फेसबुकमा समस्या भएसँगै पहुँच नहुने, सामग्री लोड नहुने तथा लगइनसम्बन्धी समस्या देखिएको हो। सेवा अवरुद्ध भएपछि समस्या निगरानी गर्ने वेबसाइट डाउन डिटेक्टरमा गुनासो दर्ता भएका छन्।
प्रारम्भिक विवरणअनुसार फेसबुकको मातृ कम्पनी मेटाअन्तर्गत सञ्चालित इन्स्टाग्राम र थ्रेड्समा पनि समान प्रकारका समस्या देखिएका छ।
सेवा अवरुद्ध हुनुको मूल कारणसहित सेवा पूर्ण कहिले सञ्चालनमा फर्किने भन्ने विषयमा अन्योल छाएको छ।




















प्रतिक्रिया