Logo

अर्थ

एनआईसी एशिया बैंकद्वारा दार्चुलाको विद्यालय र काठमाण्डौस्थित मेरुदण्डिय पक्षघात समुह नेपाललाई सहयोग



काठमाडाैं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महाकाली नगरपालिका–३, दार्चुलास्थित हुनैनाथ माध्यमिक विद्यालय बाँज र काठमाण्डौस्थित मेरुदण्डिय पक्षघात समुह नेपाललाई विशेष सहयोग उपलब्ध गराएको छ ।

बैंकले प्रविधिको पहुँच बिस्तार बढाउँदै विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउने उद्देश्यका साथ उक्त विद्यालयलाई ल्यापटप प्रदान गरेको छ भने मेरुदण्डिय पक्षघात सम्बन्धि विशेष सेवा उपलब्ध गराइरहेको उक्त संस्थासँग आवद्ध लाभग्राही तथा आवासीय व्यक्तिहरुको दैनिक जिवनयापनमा थप सहयोग होस् भन्ने हेतुले आरओ वाटर प्युरिफायर उपलब्ध गराएको छ ।

हाल १३५ भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त विद्यालयमा मिति २०८३ आषाढ ३ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका दार्चुला शाखा प्रमुख अरुण सिंह धामीले उक्त विद्यालयका प्रधानाध्यापक वीर सिंह महरज्यूलाई एक थान ल्यापटप हस्तान्तरण गरे ।

त्यसैगरी, मेरुदण्ड चोटपटक भएका व्यक्तिहरुको सहयोग, पुर्नस्थापना तथा दीर्घकालिन हेरचाहमा कार्य गर्दै आइरहेको मेरुदण्डिय पक्षघात समुह नेपाललाई मिति २०८३ असार ५ गते विशेष कार्यक्रमका बीच यस बैंकका काठमाण्डौ नर्थका सर्कल हेड सुदिन कुमार लामा र सीएसआर तथा वित्तीय समावेशीकरण विभागका इन्चार्ज ठाकुर श्रेष्ठले उक्त संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी र महासचिव केशव थापालाई संयुक्तरुपमा आरओ वाटर प्युरिफायर जडान गरी हस्तान्तरण गरे।

बैंकले उपलब्ध गराएको सहयोगले उक्त विद्यालयका विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै प्रविधिको पहुँचमा सहयोग पुग्ने र मेरुदण्डिय पक्षघात समुह नेपाललाई उपलब्ध गराएको सहयोगले स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्ने र स्वास्थ्य तथा सरसफाईंमा थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार १७:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।