Logo

अर्थ

प्रधानमन्त्रीका लागि बालुवाटारमा भव्य महल बन्ने



सरकारले प्रधानमन्त्रीको निवासका लागि बालुवाटार परिसरमा भव्य महल बनाउने भएको छ । आर्थिक मितव्ययिता अपनाउने घोषित नीतिविपरित सरकारले प्रधानमन्त्रीका लागि महल बनाउन लागेको हो ।

अहिले संरचना अपुग भएको निष्कर्शसहित सरकारले अत्याधुनिक सुविधासम्पन्न ‘प्रधानमन्त्री निवास’ बनाउन मन्त्रिपरिषद्बाट स्वीकृतिसमेत पााइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै इच्छाबमोजिम बालुवाटारमा नयाँ भवन निर्माण गर्न लागिएको सहरी विकास मन्त्रालय स्रोतले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा मातृका दाहालले लेखेका छन् ।

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  ३ : ३१ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।