विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंका ६३ वर्षका पुरुषको गएराति उपचारको क्रममा ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
उनी गत बुधबार देखी उपचार गर्दै आएका थिए । यो सँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय १८ पुगेको छ ।
प्रतिक्रिया