Logo

प्रमुख समाचार

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने



काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवा पुनः सञ्चालनमा आउने भएको छ ।

अस्पताल प्रशासनले सूचना जारी गर्दै आगामी २०८३ असार १५ गतेदेखि बीमा अन्तर्गतको ओपिडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो ।

अस्पतालका अनुसार बीमा अन्तर्गतको ओपिडी टिकट वितरणका लागि निश्चित समय समेत तोकिएको छ । सेवाग्राहीले बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म र दिउँसो १ः०० बजेदेखि २ः३० बजेसम्म बीमा टिकट काउन्टरबाट टिकट लिन सकिने छ ।

प्रकाशित मिति : १४ असार २०८३, आईतवार १२:५१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।