प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार चलाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ ।
सरकारविरुद्ध सडक आन्दोलनमा उत्रेको कांग्रेसले चिकित्सा शिक्षा बिधेयक, वाइडवडी घोटालाकाण्ड जस्ता काण्डैकाण्ड मच्चाएको भन्दै नेपाली कांग्रेसले सडकबाट राजीनामा मागेको छ । राजधानीको शान्ति वाटिकामा गरेको कांग्रेस प्रदर्शनमा ‘केपीको पाराले, दुख पाए साराले’ भन्दै नाराबाजी गरिएको छ ।
महँगी र भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने ओली सरकारले तत्काल राजीनामा दिनु पर्ने कांग्रेसहरुले सडकबाट माग गरेका छन् । उनीहरुले नेपाल वायुसेवा निगमको वाइड बडी प्रकरणको छानविनको समेत माग गरे । वाइडबडी प्रकरणमा उनीहरुले छानविनको मात्र माग गरेनन् प्रधानमन्त्री केपी ओलीको तस्वीरमाथी बाइडबडी बिमानको पुत्ला नै बनाएर प्रर्दशन गरेका छन् ।
सदन खुलाएको कांग्रेसले आज ७७ जिल्लामै सडक आन्दोलन गरेको छ । सवैतिर प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको छ भने सरकारबिरुद्ध चर्का नाराबाजी पनि गरिएको छ ।
प्रतिक्रिया