Logo

प्रमुख समाचार

‘स्थानीय तहलाई कार्यकर्ता भर्तिकेन्द्र बनाउने दाउमा सरकार’



 मुलुकमा बढ्दै गएको हत्या हिंसा , बलात्कार, भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकार असफल भएको भन्दै ओली सरकारको विरोध गर्दै नेपाली कांग्रेसले सोमबार वीरगन्जमा प्रर्दशन गरेको छ । नेपाली कांग्रेस पर्साको आयोजनामा वीरगन्जको घण्टाघर स्थित वीपी उद्यानबाट निकालिएको विशाल विरोध जुलुस सरकार विरोधी चर्का नारा लगाउदै नगरको विभिन्न भाग परिक्रमा गरी घण्टाघर चोक मैं पुगी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले मुलुकमा बढ्दै गएको हत्या हिंसा, बलात्कार, भ्रष्टाचार र महंगीले जनता पिडित भएपनि सरकार त्यसप्रति बेखबर बन्दै गएको आरोप लगाए। उनले अपराध वृद्धी भएको सरकारी तथ्यांकले नै देखाएपनि त्यसको रोकथामकालागि सरकारले प्रयत्न समेत नगरेको कारण नेपाली जना दुःख भोग्न बाध्य भएको ठोकुवा गरे।

वर्तमान सरकारले बलात्कारी तथा अपराधीहरुलाई संरक्षण दिएको कारण मुलक भरी नै अपराध बढ्दै गएको  नेता रिजालले बताए । उनले सरकारी संरक्षणका कारण  अपाधी र्निभय भई अपराध गरेकाले हाल संझपरेपछि छोरी चेली एकलै हिडन समेत डराउनु पर्ने अवस्था सिर्जना भएको दावी गरे।

सरकार नेतृत्वकै कारण सेवाप्रदायक  कार्यालयहरुमा चरम घुसखोरि चलेको आरोप लगाउदै नेता रिजालले ज्ञानेन्द्र शाहको कालमा समेत अहिले जस्तो घुसखोरी नभएको  जिकिर गरे । वर्तमान सरकारले स्थानीय तहहरुलाई आफ्नो पार्टी कार्यकर्ताको भर्तीकेन्द्र बनाउने तयारी गरेको आरोप लगाउदै उनले  गाउँपालिका तथा नगरपालिकामा अधिकृत नियुक्तिको नाममा कार्यकर्ता भर्ने तयारी सरकारले गरेको जानकारी दिए।

वर्तमान  सरकार जनताको भन्दा पुजीपति, माफियाहरुको संरक्षण र भ्रष्टाचार प्रर्वद्धनमा लागिपरेको नेता  रिजालले दावी गरे । उनले सत्याग्रही डा. गोविन्द केसीसंग गरेको सहमती तोडी चिकित्सा शिक्षा विधेकमार्फ माफियाहरुलाई सरकारले मलजल गरेको आरोप लगाए ।

डा. केसीसंग भएको सहमति अनुसार विधेक आए सोको सोझै फाईदा गरिब नेपालीका संतानले पाउने भएपनि सरकारले माफियाको इसारमा सम्झौता विपरित माफियालाई फाइदा पुर्याउने विधेक जबर्जस्ती पारित गरेको स्पष्ट पारे । नेपाली जनतालाई राहत दिन नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेका लोकल्याणकारी निर्णय समेतलाई उल्टाउदै वर्तमान सरकार ठेक्दार र उद्योगपतिहरुको पिस्टपोषण गरेको नेता रिजालले आरोप लगाए ।

नेपाली कांग्रेस पर्साका अध्यक्ष अजय कुमार दिवेद्वीलेको अध्यक्षतामा सम्पन्न भएको  कोणसभालाई नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य अजय कुमार चौरसियाले दुई तिहाई दम्भमा रहेको सरकारले जनता विरोधी काममात्र गरेको दावी गरे। उनले वर्तमान सरकार राज्य शक्तिको दुरुपयो गर्दै कार्यकर्ता र ठेक्दारलाई पोसने काम गरेको ठोकुवार गरे ।

नेता चौरसियाले  कांग्रेसलाई समाप्त पर्ने सपना देखेका सबैको असित्तित्व समाप्त भइएको र कांग्रेसले सधै लोकतन्त्रको रक्षाकालागि नेतृत्वदायी भुका निर्वाह गर्दैआएको सबैलाई समरण राख्न अग्रह गरे।

उनले प्रदेश नं.२ को सरकारले प्रदेश वासीलाई तोकिएको सेवा सुविधान समेत दिन असफल भएको आरोप लगाए। उनले प्रदेश  नं. २ का मुख्यमन्त्रीले नै  स्थानीयतहको अधिकार क्षेत्रलाई मिच्दै हिडेकाले प्रदेशमा कानुन व्यवस्था कमजोर बन्दै गएको दावी गरे ।

जुलुसमा नेविसंघ, तरुण दल, नेपाल महिला संघ लगायत कांग्रेस पार्टीसंग अवद्ध रहेका विभिन्न संघ संस्थाका नेता कार्यकर्ताहरुको उख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  ४ : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।