Logo

प्रुडेन्सियल इन्स्योरेन्सका सञ्चालक विजुक्छे दिए राजिनामा



प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका सञ्चालक बिवेक बिजुक्छेले राजिनामा दिएका छन् । कार्तिक २० गते राजिनामा दिएका बिजुक्छेको राजिनामा सञ्चालक समितिबाट स्वीकृत भएको छ । यही मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बिजुक्छेको राजिनामा स्वीकृत गरेको हो ।

गत भदौंमा मात्रै सञ्चालकमा चयन भएका बिजुक्छेले घरायसी कारण देखाएर राजिनामा दिएका हुन् । उनले कार्तिक २० गते सञ्चालक समिति समक्ष राजिनामा बुझाएका थिए ।

प्रकाशित मिति : मंसिर ८, २०७७ सोमबार  ११ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।