Logo

प्रमुख समाचार

सुनलाई रातारात तामा बनाउने सरकारसँग होसियार : केसी



नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले  सुनलाई रातारात तामा बनाउने सरकारसँग सतर्क हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नुवाकोटले गरेको प्रदर्शनलाई सम्बोधन गर्दै केसीले  तेत्तीस किलो सुनकाण्डका गिरोहलाई कार्वाहीको माग गरे ।

सुन भनेर समातेको बस्तुलाई तामा बनाएर सार्वजनीक गरेको प्रसङ्ग प्रति लक्षित गर्दै नेता केसीले भने, ‘३३ किलो सुन समेत कतै तामा कै मुल्यमा सिहदरवार र बालुवाटारमा भागबण्डा भएकै कारणले दोषिलाई कारबाही नगरि निर्दोषलाई सजाय दिएको त हैन’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका केसीले आफ्ना नेताहरु वाइडबडी काण्डमा आफ्नै नेताहरुको समेत सग्लनता रहेको  भनेर हल्ला गरेको बिषयमा कुरा राख्दै उनले भने, ‘यो सरकारको तागत छ र साच्चिकै कांग्रेसका नेताहरुको वाइडवडी बिमानको भ्रष्टाचार प्रकरणमा संलग्नता पाइए कारबाही गर । कांग्रेसले जुनसुकै तहका भष्टाचारीलाई बोक्दैन।’

नुवाकोट कांग्रेस सभापति जगदिश्वर नरसिंह केसीले महंगी र भष्टचारले रंगिएकोले यो सरकारको बिरोध गर्नु परेको बताए । उनले   सुनकाण्डमा निर्दोष प्रहरीहरु फसाइएको तर सिहदरवार र वालुवाटारमा शक्तिको आडमा बसेकाले नै सुनकाण्ड,वाइडवडी र निर्मला पन्तको बलात्कार र हत्याका आरोपीलाई बचाएको आरोप लगाए।

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  ४ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।