नेपाली कांग्रेसका महामन्त्री डा शसाङ्क कोईरालाले सरकार विरुद्व निर्णायक आन्दोलनका लागि कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन्। कांग्रेसको धैर्यको फाईदा उठाएको सरकारको विरुद्वमा कांग्रेसले सदन र सडकमा निर्णायक संघर्ष गर्ने दिन आउँदै गरेकोले त्यसका विरुद्ध तयार रहन महामन्त्री कोईरालाले निर्देशन दिएका हुन्।
नेपाली जनता अस्वभाविक कर, भ्रष्टाचार, दण्डहिनता, असुरक्षा, महंगीको चपेटामा फसेकाले त्यसवाट उन्मुक्ति दिलाउन कांग्रेस सडकमा आउनु विकल्प नभएको महामन्त्री कोईरालाको भनाई छ। नेपाली कांग्रेस जिल्ला कार्य समिति नवलपुरले कावासोतीमा आयोजना गरेको सरकार विरुद्वको प्रदर्शन पश्चातको कोण सभालाई सम्वोधन गर्दै उनले यो आन्दोलन आन्दोलन नभएर चेतावनी मात्रै भएको बताए।
कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ्गले सरकारको गैरजिम्मेवारीपना, संसदका आधारभूत नियम समेत पालन नगरि वहुमतको दम्भमा जथाभावी गरेका निर्णयलाई कुनै हालतमा कार्यन्यवन गर्न नदिने दावी गरे। सरकारले कांग्रेसलाई कमजोर ठाने त्यसको नमिठो परिणाम भोग्नुपर्ने नेता गुरुङ्गको भनाई छ।
सभालाई सम्बोधन गर्दै कांग्रेस नेताहरु कृष्णचन्द्र नेपाली, विष्णु लामिछाने, महेन्द्रध्वज जिसी, ओमकला गौतम, विष्णु कार्की लगायतले सरकारलाई आफनो कमजोरी सच्याउन सांकेतिक चेतावनी दिएको भन्दै अटेर गरे कांग्रेसकोे आन्दोलन कडा स्वरुपमा जाने धारणा राखेका थिए।
सभा हुनअघी जिल्लाका हजारौंको नेता कार्यकर्ताहरुले प्लेकार्ड, झण्डा सहित नारावाजी गर्दै कावासोती परिक्रमा गरेका थिए।
प्रतिक्रिया