Logo

प्रमुख समाचार

अब देशमा गणतन्त्र समाप्त हुन्छ र सैनिक शासन लागु हुने सिंहको दाबी



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले मुलुकमा अब गणतन्त्र नै नरहने सनसनीपूर्ण खुलासा गरेका छन् ।

सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिंहले यस्तो खुलासा गरेका हुन् । उनले सरकार गठन भएको एक वर्ष पुग्दापनि जनताले कुनै राहतको महशुस गर्न नपाएको आरोप लगाए ।

उनले भने,”अराजकता, कुशासन, भ्रष्टाचार, बलात्कार, हत्या, हिंसाको बीचमा आउने नै सैनिक शासन हो ।यो त राजनीतिको साधारण सिद्धान्त हो ।”

सेनाले त्यो किसिमको साहस अथवा हिम्मत गर्न सक्ला र ? भनेर धमलाले सोधेको प्रश्नमा सिंहले भने,”होईन साहस त नेपाली जनताले दिन्छन् नि । अन्तर्राष्टिय समूदायले दिन्छ नि ।”

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  ३ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।