Logo

प्रमुख समाचार

पारस खड्कासँग हात मिलाउँदै प्रचण्डले भनेः विश्वमा नेपालको इज्जत राखेकोमा बधाई



सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन् ।

ऐतिहासिक विजय हासिल गरेर फर्किएको भन्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अध्यक्ष प्रचण्डले मंगलबार विहान खुमलटारस्थित निवासमा भएको भेटमा राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिएका हुन् ।

प्रचण्डले नेपालको ऐतिहासिक जीतले आफूलाई खुसी लागेको र देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको उनको भनाई थियो ।

राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा झन योगदान पुग्ने प्रचण्डले बताएका थिए ।

आफ्नो तर्फबाट यो क्षेत्रको विकास र खेलाडिको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने समेत उनले विश्वास दिलाएका थिए । प्रचण्डसँग भेटका लागि नेपाली राष्ट्रिय टोलीका खेलाडीहरु खुमलटार पुगेका थिए ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  ६ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।