Logo

अर्थ

एसियन लाइफको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको करिब २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको २४ हजार ८९८ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको मैतीदेवीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २१ असार २०८३, आईतवार १०:२४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।