Logo

समाचार

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वर्ण स्तम्भको अनावरण



राष्ट्रपति विद्यादेवी भण्डारीले चितवनको नारायणगढको आदीकवी भानुभक्त माध्यमिक विद्यालयमा आज स्वर्ण स्तम्भको अनावरण गरेकी छन् । विद्यालय स्थापनाको स्वर्ण जयन्तीको अवसरलाई उहाले विद्यालय परिसरमा निर्माण गरिएको स्वर्णस्तम्भलाई अनावरण राष्ट्रपति भण्डारीले गरिन् ।

यस कार्यकरममा महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल, राष्टिय सभा सदस्य पार्वती रावल , भरतपुर महानगर प्रमुख रेनु दाहाल लगायतका अतिथी रहेका थिए ।२०२५ सालमा बालकुमारी स्कुलको शाखाको रुपमा स्थापित भानुमाबि विद्यालयले नाममा रहेको छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय बद्री अधिकारीले कार्यभार शुरु गरेपछि ०७३ साल यता विद्यालयले तीव्ररुपमारहेको छ । हाल विद्यार्थी संख्या १६ सय पुगेको छ । सरकारी दरवन्दीका २९ र स्थानीय स्रोतबाट ३५ गरी ६७ जना शिक्षक–कर्मचारी काम गरिरहेका छन् । २०७४ यता यो विद्यालय स्रोत केन्द्र पनि रहेको छ ।

प्रकाशित मिति : माघ २२, २०७५ मंगलबार  २ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।