प्रीयसी तिम्रै मृगनयनी अनी रहस्यमय मुस्कानकै भोकले म ।
स्वार्थी शहरमा रुमलीएर पबित्र प्रेमको काकाकुलतामा ।।
म अकलुषित मायाको जलको प्यासमा तड्पीएको निरीह प्रेमी ।।।
पाहुना कादम्विनी जस्तै वसन्त ऋतु पछ्याएर बर्षा लत्याएझै ।
मेरो हृदयकै मायाको गाग्री रित्याएर छोड्यौ भने ?
म त बगरको अस्तित्व बिहिन कंकड बालुवामा रुपान्तरीत हुनेछु प्रीयसी ।।।
भिन्ची तिमीले वर्षौं वर्ष खर्चेरै बनाएको भएपनि रहस्यमयी मुस्कानकी मनोलीसाको त के कुरा गर्छौ ।
म त हृदयमा करोडौं करोड रूपवती अनी गुणवती मनोलीसा बनाउने प्रेमी हु ।।
हो तिम्री भौतिक मनोलीसा भन्दा मेरी कल्पनाले भरीएकी प्रेमी मनोलीसा अमर छिन् ।।।
युगल जोडी त यस्तो वनोस जहाँ रोमीयो जुलीएट कै फिक्का बनोस् ।
ताज महलमा मेरी स्वर्गकी अप्सरा संगै मेरो वास बनोस् ।।
ए मनुष्य जगत सबैलाई चेतना भया,
सच्चा प्रेमी त रावण हो ।
जो अपहरीत नारीको पनि सम्मान गर्न जानेको छ।।
विश्वासरहित भगवान राम पत्नीको अग्नि परीक्षामा रुमलिएझै ।।।
बुझ प्रियसी रुमलिएर संका र सन्देह बाड्ने प्रेमी त म होइन ।।।।
हरपल मायाले तिमीलाई समुन्द्रले उच्च पर्वत कर्डिलेरा लुकाएझै मेरै कन्चन हृदयमा लुकाउछु ।
जब फक्रीन्छ फुल्छ फल्छ अनिमात्र तिमीलाई कंगारु जोए निकालेझै निकाल्छु ।।
म स्थुल बस्तुले सजिएकी महारानी (प्रेमिका) बनाउन नसकुला त के होला ?
हो तिमीलाई धन दौलत र ऐश्वर्यले ढकमक्क फूलेझै फूलेकी महारानी (प्रेमिका) नबनाउदैमा पनि त के होला ?
साँच्ची म तिमिलाइ इज्जत प्रतिष्ठा र सज्जाले भरिएकी हृदयकी ढुकढुक चाल बनाउने छु ।।।
प्रीयसी जब मन्दिर या गुम्बामा तिम्रा गितान्जली खाली र रित्तो भएर बस्छेउ ।
म एक अक्षता तिम्रै अञ्जुलीमा बनेर मायाकै लागि देवतालाई चढ्न तयार हुनेछु ।।
जहाँ तिम्रो शोकार्त हटाउदै तिम्रै जिवनमा अजम्बरी बहार ल्याउनेछु प्रीयसी ।।।
-तेज विक्रम देवकोटा
त्रिभुवन विश्व विश्वविधालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर ।




















प्रतिक्रिया