Logo

अर्थ

बालमन्दिरको सम्पत्ति हिनामिना प्रकरणमा ३ जना पक्राउ



काठमाडौं । नक्सालस्थित बालमन्दिरको सम्पत्ति हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको हो ।

उच्चस्तरीय जाँचबुझ समिति २०७७ को प्रतिवेदन अनुसार अनुसन्धानको लागि उनीहरू पक्राउ परेका हुन् ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ छन् ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार ११:११   :  बजे

588
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।