Logo

राजनीति

रोकिए माधव नेपाल



नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल भेनेजुएला नजाने भएका छन् । मादुरो सरकारको निमन्त्रणामा वरिष्ठ नेता नेपाल सहकर्मीका साथ त्यसतर्फ प्रस्थान गर्ने निधो भएको थियो । एक साताको लाओस भ्रमणबाट हिजो मंगलबार स्वदेश फर्किएका नेपालले उतै हुँदा भेनेजुएला नजाने निर्णय लिएका हुन् ।

भेनेजुएलामा उत्पन्न तनावपूर्ण स्थितिका कारणले मात्र नेपालको भ्रमण स्थगित भएको बुझिँदैन, यस विषयलाई अमेरिकाले निकै गम्भीरताका साथ लिएको र यस्तो अवस्थामा आफू मादुरो सरकारको निम्तामा भेनेजुएला जाँदा अमेरिका थप क्रूद्ध हुन सक्ने भएकोले भ्रमण रोकिएको बताइन्छ ।

तथापि पार्टीका केही नेताहरू भने माधव नेपाल भेनेजुएला गएर मादुरोप्रति ऐक्यबद्धता जनाउनुपर्ने भनी दबाब पैदा गर्न खोज्दै छन् । तर, माधव नेपाल अमेरिकासँगको सम्बन्ध थप बिग्रन नदिन कटिबद्ध भएकोले उनी भ्रमणमा नजाने बताइएको छ ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  ३ : ५९ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।