Logo

प्रमुख समाचार

केपी ओली काण्डै काण्डमा फसेको अर्को खुलासा (भिडियोसहित)



सरकारलाई समर्थन गरेको दल राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय काण्डै काण्डमा फसेको आरोप लगाएका छन् ।

मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् । सरकारबाट जनता निराश रहेको यादवको आरोप छ ।

सरकारलाई समर्थन गर्ने अनि सरकारकै आलोचना गर्ने काम राजपाले गर्नु भएन नि ? भनेर पत्रकार धमलाले सोधेको एक प्रश्नमा उनले भने,‘निश्चित् रुपमा हाम्रो पार्टीले अहिलेपनि यो सरकारलाई समर्थन गरेको छ । हामीले सरकारलाई सहयोग गरेका छौं । तर, हामीले सरकारबाट जुन अपेक्षा गरेका थियौं । त्यो अपेक्षा यो सरकारले पूरा गर्न सकिरहेको छैन् ।’

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  १० : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।