म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ। आयोजनाको बाँध (इन्टेक)मा बाढीले क्षति पुर्याएपछि असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको हो।
आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीका कारण इन्टेक संरचनामा क्षति पुगेको छ। बाँधसम्म पुग्ने पहुँचमार्ग पनि पहिरोले अवरुद्ध भएकाले मर्मत तथा पुनः सञ्चालनको काम प्रभावित भएको उनले बताए।
विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक क्षति व्यहोर्नुपरेको पनि काफ्लेको भनाइ छ। क्षतिको विवरण संकलन तथा मर्मतको तयारी भइरहेको आयोजनाले जनाएको छ।
गत वर्ष निर्माण सम्पन्न भएको ६ मेगावाट क्षमताको यो आयोजना दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
स्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ। आयोजनाको बाँध (इन्टेक)मा बाढीले क्षति पुर्याएपछि असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको हो।

प्रतिक्रिया