Logo

प्रमुख समाचार

गृहमन्त्रीले भने – निर्मलाका अपराधी बालुवाटारमै भए पनि छोड्दिन



सांसदहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा संलग्नलाई समात्न नसकेको भन्दै चर्को आलोचना गरेका छन् ।बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापासँगको सवाल जबाफसत्रमा सहभागी हुँदै सांसदहरुले निर्मला प्रकरणमा संलग्नलाई सरकारले नै जोगाउन खोजेको आरोप लगाए ।

नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले निर्मला प्रकरणमा सरकार असफल भएको भन्दै अपराधीलाई पनि जोगाउन लागेको आरोप लगाइन् ।‘चाँडो भन्दा चाडो निर्मलाका हत्यारालाई पक्राउ गरियोस ।

निर्मलाका हत्यारा बालुवाटारमा छन् कि सिंहदरबारमा छन् ?’, उनले प्रश्न गरिन्, ‘अपराधीलाई चाँडो भन्दा चाँडो कानुनकी दायरामा ल्याउन सक्नुपर्छ ।’सांसदहरुको प्रश्नको उत्तर दिँदै गृहमन्त्री थापाले निर्मला हत्या प्रकरण टुंगोमा पुग्न लागिसकेको बताउँदै अपराधी बालुवाटारमै भए पनि नछाड्ने बताए ।

थापाले अपराधीहरुलाई कुनै पनि हालतमा छाड्न नसकिने बताउँदै प्रहरीले यसको गम्भीर अनुसन्धान अहिले पनि जारी राखेको जानकारी सांसदहरुलाई दिए ।मन्त्री थापाले नेपाल प्रहरी अपराध अनुसन्धानमा ९६ प्रतिशतसम्म सफल भएको बताउँदै निर्मला प्रकरणमा पनि असफल हुन सवालै नरहेको दाबी गरे ।

प्रकाशित मिति : माघ २३, २०७५ बुधबार  ११ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।