Logo

खेलकुद

आईसीसी ओडिआई अलराउन्डर वरीयता: दीपेन्द्र २२औं स्थानमा उक्लिए



काठमाडौं । नेपाली क्रिकेट टोलीका दीपेन्द्र सिंह ऐरी आइसिसीले जारी गरेको एकदिवसीय अलराउन्डर वरीयतामा २२औं स्थानमा रहेका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपालका सन्दीप लामिछाने ६१औं स्थानमा यथावत् रहँदा ललित नारायण राजवंशी दुई स्थान तल झर्दै ६६औं स्थानमा पुगेका छन् ।

त्यस्तै गुल्सन झा एक स्थान सुधार गर्दै ७२औं स्थानमा उक्लिएका छन् भने करण केसी तीन स्थान खस्किँदै ९०औं स्थानमा पुगेका छन् । ओडिआई ब्याटिङ वरीयतामा नेपालका आशिफ शेख ७७औं, दीपेन्द्र सिंह ऐरी ८२औं, कुशल भुर्तेल ९५औं र कप्तान रोहित पौडेल ९९औं स्थानमा रहेका छन् ।

ओडिआई बलिङ वरीयतामा सन्दीप लामिछाने एक स्थान तल झर्दै ३१औं स्थानमा पुगेका छन् भने ललित नारायण राजवंशी पनि एक स्थान तल झर्दै ४६औं स्थानमा रहेका छन् । टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा सन्दीप ४९औं स्थानमा यथावत् छन् । टी–२० अन्तर्राष्ट्रिय ब्याटिङतर्फ कुशल भुर्तेल एक स्थान तल झर्दै ५५औं स्थानमा पुगेका छन् ।

हाल नेपाली क्रिकेट टोली आईसीसी ओडिआई टोली वरीयतामा १७औं तथा टी–२० अन्तर्राष्ट्रिय टोली वरीयतामा १५औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३२ असार २०८३, बिहीबार १२:४१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।