Logo

अर्थ

सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा, सुन धितोमा ५० लाखसम्म कर्जा



काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्कालीन वित्तीय आवश्यकता सहज रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ योजना सञ्चालनमा ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले आफूसँग रहेको सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट आवश्यक कर्जा लिन सक्नेछन् । बैंकका अनुसार ग्राहकले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

धितो राखिएको सुनको मूल्यांकनका आधारमा मूल्यको अधिकतम ७५ प्रतिशतसम्म कर्जा प्रवाह गरिने बैंकले जनाएको छ । यो कर्जामार्फत ग्राहकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक रकम व्यवस्थापन गर्न सक्नेछन् ।

ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले ल्याइएको यो सुविधा हालका लागि काठमाडौंको न्युरोड गेटस्थित सिद्धार्थ बैंकको शाखाबाट उपलब्ध हुनेछ ।

यस सेवासम्बन्धी थप जानकारीका लागि बैंकको चौबीसै घण्टा सञ्चालन हुने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०८३, शुक्रबार १५:३१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।