काठमाडौं — नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ४ हजार २ सय रुपैयाँ रहेको चाँदी आइतबार ४ हजार २ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।




















प्रतिक्रिया