Logo

अर्थ

राइड सेयरिङमा कर बढेपछि सेवाग्राही विकल्पतर्फ



काठमाडौं — राइड सेयरिङ सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएपछि सेवाग्राही वैकल्पिक यातायाततर्फ आकर्षित हुन थालेका छन्।

साउन १ गतेदेखि सरकारले राइड सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू गरेपछि पठाओ, इन्ड्राइभ र याङ्गोजस्ता प्लेटफर्म प्रयोग गर्ने कतिपय सेवाग्राहीले सार्वजनिक यातायात वा निजी सवारीको विकल्प रोज्न थालेका हुन्।

नयाँ व्यवस्थाअनुसार प्रत्येक राइडमा ५ प्रतिशत भ्याट र १ प्रतिशत स्रोतमा कर कट्टी (टीडीएस) गरी कुल ६ प्रतिशत रकम सरकारी राजस्वका रूपमा संकलन हुन थालेको छ। अर्थात् १०० रुपैयाँको राइडमा ६ रुपैयाँ करका रूपमा लाग्नेछ।

राइड सेयरिङ कम्पनीहरूले आफ्ना राइडर तथा क्याप्टेनलाई सूचना जारी गर्दै भ्याट र टीडीएसबापतको रकम ‘तिर्न बाँकी रकम’ (Outstanding Balance) का रूपमा देखिने र अनिवार्य रूपमा बुझाउनुपर्ने जानकारी दिएका छन्।

हाल राइड सेयरिङ कम्पनीहरूले सेवा शुल्कबापत छुट्टै कमिसन पनि लिँदै आएका छन्। पठाओले २० प्रतिशतसम्म, इन्ड्राइभले १० प्रतिशत र याङ्गोले ३ प्रतिशतसम्म कमिसन लिने गरेका छन्।

यससँगै राइडरले तिर्नुपर्ने कर र सेवा शुल्कको भार केही प्लेटफर्ममा २६ प्रतिशतसम्म पुगेको छ। यसमा इन्धन, सवारी मर्मत, मोबाइल डाटा, भ्वाइस सेवा तथा अन्य सञ्चालन खर्च भने समावेश छैनन्।

प्रकाशित मिति : ३ श्रावण २०८३, आईतवार १२:३६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।