काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १८७ नेपाली विदेशिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार तीमध्ये ६ लाख ९७ हजार ९१ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४७ हजार ७९ ले कम हो।
विभागका अनुसार सबैभन्दा धेरै नेपाली श्रमिक संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन्। यूएईमा १ लाख ८३ हजार ५८०, मलेसियामा १ लाख ३२ हजार ६४६, कतारमा १ लाख ३२ हजार ५१ र साउदी अरबमा १ लाख २४ हजार ५८३ जना श्रमिक पुगेका छन्। रोमानियामा पनि ३३ हजार ९२० नेपाली रोजगारीका लागि गएका छन्।
श्रमिकमध्ये ४ लाख ८२ हजार ६४३ दक्ष, १ लाख ९० हजार २६४ अदक्ष, १ लाख १४ हजार ६१४ अर्धदक्ष, ३ हजार ५७० व्यावसायिक र १ हजार ९६ उच्च दक्ष जनशक्ति रहेका विभागको तथ्यांक छ।
जिल्लागत रूपमा झापाबाट सबैभन्दा धेरै १६ हजार २८६ जना वैदेशिक रोजगारीमा गएका छन्। त्यसपछि धनुषा, मोरङ, सर्लाही, महोत्तरी, दाङ र सप्तरीबाट ठूलो संख्यामा श्रमिक विदेशिएको विभागले जनाएको छ।




















प्रतिक्रिया