Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीलाई प्रचण्डसँगै उपेन्द्र यादवले पनि दिए तनाव !



सत्तारुढ दल संघीय समाजवादी फोरम नेपाल प्रधानमन्त्री केपी ओलीसँग रुष्ट बनेको छ । सरकार गठन भएको एक वर्ष बित्न लाग्दापनि संविधान संशोधन प्रक्रिया अघि नबढाएको भन्दै सत्तामै रहेको फोरम प्रधानमन्त्री ओलीसँग चिढिएको हो ।

प्रधानमन्त्री ओलीसँग आफ्नै पार्टीका प्रचण्ड टाढिरहेका बेला स्वास्थ्य मन्त्री एबं उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादवले समेत तनाव बढाएका हुन् ।संविधान संशोधनका लागि सरकारमा सहभागी भएको बताउदै आएका उपप्रधानमन्त्री यादवले सरकारमा बसेर सत्ताको चास्नीमामात्र रमाएको भन्दै पार्टी भित्रै विरोध भएको छ ।

यसको प्रत्यक्ष प्रभाव अहिले सरकारमा सहभागी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र ओलीबीचको सम्बन्धमा तित्तताले देखिएको हो । उपप्रधानमन्त्री एबं अध्यक्ष यादव र ओलीबीच पछिल्लो समय सम्वाद नै हुन नसकेको स्रोतको दाबी छ ।

सरकारमा सहभागी हुनुको मुख्य उद्देश्य नै संविधान संशोधन गराउनु भनेर पटक पटक यादवले सार्वजनिक रुपमा बोलेका भएपनि अहिलेसम्म त्यो पुरा गराउन सकेका छैनन् । यादवलाई तत्काल संविधान संशोधन नभए सरकारबाट बाहिरिन समेत नेता तथा कार्यकर्ताले सुझाएका छन् ।

पछिल्लो समय ओलीलाई यादवले भेटेर तत्काल संशोधन प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । तर, ओलीले कुनै गुन्जायस देखाएकाछैनन् ।प्रधानमन्त्रीले हालै संसदमा सम्बोधन गर्दै संविधान संशोधन आवश्यकत्ता र औचित्यको आधारमा मात्रै हुन्छ भनेर पूरानै अडान दोहोर्याएका छन् ।

त्यसो त पार्टीका सांसद हरिनारायण रौनियारको निलम्बन फुकुवा नगर्नुले पनि सत्ताधारीहरु विच तनाव बढाएको छ । यादवले हालै पार्टीको संसदीय दलको बैठक डाकेर रौनियारको निलम्बन फुकुवा गराउन आफूले दबाब दिने प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : माघ २४, २०७५ बिहीबार  ६ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।