मकवानपुर, मनहरी गाउँपालिका-८ सिम्पानीस्थीत सडकबाट ४६ किलो अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका-७ बस्ने २३ वर्षीय तिर्थराज चेपाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले तिर्थराजलाई झोला र प्लास्टिकको बोरामा पोकाहरु लिई शंकास्पद रुपमा बसिरहेको अवस्थामा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१४ बैरियाघाटस्थित सडकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको १८ थान डाइलेक्स डीसी, ११ थान लेजिसिक टीटी, ११ थान डाईजेपाम, ११ थान फेनारगन र १ सय थान नाईट्रोसन सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने ६० वर्षीय विरेन्द्र यादव र महादेवा गाउँपालिका-२ बस्ने ३४ वर्षीय संतोष यादव रहेका छन् । प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले बा.९७ प १४५७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















प्रतिक्रिया