काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको अद्यावधिक वरियताअनुसार दीपेन्द्र चौथोबाट तेस्रो स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक २५६ नै कायम छ ।
दीपेन्द्रभन्दा माथि रहेका हार्दिकको वरियता खस्केकाले उनी माथि उक्लिएका हुन् ।
अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२० छ ।




















प्रतिक्रिया