Logo

अर्थ

मुक्तिनाथ विकास बैंक र नागार्जुन नगरपालिकाबीच सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता



काठमाडाैं । मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिका बीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम र महिला उद्यमशीलताको प्रवद्र्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना तथा आर्थिक गतिविधि अभिवृद्धि गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले व्यवसायको प्रकृतिअनुसार बैंकबाट धितोबिना अधिकतम रु. २ लाखसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। साथै, नगरपालिकाको ‘सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८०’ बमोजिम योग्य ऋणीहरूले शतप्रतिशत ब्याज अनुदान सुविधा प्राप्त गर्नेछन् ।

यस अवसरमा बैंकले स्थानीय सरकारसँगको सहकार्यमार्फत उद्यमशीलता विकास, वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा योगदान पुर्याउने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

एक कार्यक्रम बीच बैंकका कर्मचारी तथा स्थानीय निकायका प्रतिनिधीहरुको सामूह सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लिमिटेडका तर्फबाट कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजलबहादुर गिरी तथा नागार्जुन नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार १७:१३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।