Logo

राजनीति

दुर्गा प्रसाईं पक्राउ



काठमाडौं। प्रहरीले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ गरेको छ।

प्रसाईंलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरको टोलीले आइतबार राती भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो। उनी यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन्।

प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेका थिए। आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन्। प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार ०७:२४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।