काठमाडौं । आज साताको पहिलो कारोबार दिन सेयर बजारमा झिनो अंकको गिरावट भएको छ । नेप्से परिसूचक १.२० अंकले घटेर २,६८४ को विन्दुमा कायम भएको छ ।
आज १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको मूल्य घटेको छ ।
आज ४ अर्ब ५७ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २७ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.४० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया