Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटी स्पामा छुट



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटी स्पाबीच छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । जसअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पाका विभिन्न सेवामा छुट पाउने छन् ।

सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारीलाई व्यक्तिगत स्पामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत तथा यस बैंकमा खाता खोलेका ग्राहकका लागि व्यक्तिगत स्पामा २० प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।

यस सम्बन्धि सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका बरिष्ठ नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशी र ट्रांक्यूलिटी प्रालिका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका छ । यो सम्झौता २०८३ साउनदेखि दुई बर्षका लागि लागू हुने छ ।

यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैकका कर्मचारी तथा ग्राहकलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार १७:२१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।