Logo

विविध

एक लाख घुससहित सूचना प्रविधि अधिकृत पक्राउ



काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

अख्तियारका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग कमिसन माग्दै बार्गेनिङ गरेको उजुरीपछि निगरानी गरिएको थियो।

अनुसन्धानका क्रममा तामाङलाई काठमाडौंको बालाजुबाट एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनीसँग स्रोत नखुलेको थप पाँच हजार रुपैयाँ पनि बरामद भएको आयोगले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार २०:५३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।