Logo

विविध

पोखरा विमानस्थल प्रकरणमा प्रदीप अधिकारीलाई तीन लाख धरौटीमा छाड्न आदेश



काठमाडौँ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपमा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले मंगलबार अधिकारीलाई ३ लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको हो।

अदालतले धरौटीमा छाड्न आदेश दिएपनि अन्य मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकाले थुनामुक्त भने हुने छैनन्।

 

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलवार १८:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।