Logo

राजनीति

कप्तानगञ्ज घटनाका मृतकका परिवारसँग छलफल गर्न टिचिङ पुगे गृहमन्त्री



काठमाडौं। गृहमन्त्री सुधन गुरुङ र उपचारका क्रममा मृत्यु भएका रवीन्द्र मेहताका परिवारबीच वार्ता सुरु भएको छ। वार्ता महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल सुरु भएको हो।

साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा भएको घटनामा घाइते भई शिक्षण अस्पतालमा उपचाररत २२ वर्षीय मेहताको उपचारका क्रममा आज निधन भएको थियो।

यसअघि गृहमन्त्री सुधन गुरुङले आजै हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै भेट गरी छलफल गरेका थिए। गृह मन्त्रालयमा भएको छुट्टाछुट्टै भेटमा दुवै समुदायका विभिन्न नेताहरूको सहभागिता थियो।

छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति, सुरक्षा र आपसी सद्भावका विषयमा छलफल गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलवार १८:४०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।