काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ४७५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य ४ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया