Logo

अर्थ

आज सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ९५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ४७५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य ४ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार ११:२९   :  बजे

300
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।