Logo

अर्थ

प्रभु बैंकको होम लोन योजना, सपनाको घर बनाउन अब ०.५० प्रतिशत प्रिमियममा कर्जा पाइने



काठमाडौं । आफ्नै घर बनाउने सपना देखिरहेका ग्राहकलाई लक्षित गर्दै प्रभु बैंक लिमिटेडले आकर्षक होम लोन योजना सार्वजनिक गरेको छ। बैंकले ‘प्रभु होम लोन’ अन्तर्गत वार्षिक मात्र ०.५० प्रतिशत प्रिमियममा आवास कर्जा उपलब्ध गराउने जनाएको छ।

बैंकका अनुसार घर निर्माण, घर खरिद वा आवासीय सम्पत्तिमा लगानी गर्न चाहने ग्राहकले सहज प्रक्रियामार्फत होम लोन सुविधा लिन सक्नेछन्। बढ्दो शहरीकरण र आफ्नै घरको चाहनालाई ध्यानमा राख्दै बैंकले प्रतिस्पर्धी ब्याजदर तथा सरल कर्जा प्रक्रियासहित योजना ल्याएको जनाएको छ।

प्रभु बैंकले घर केवल एउटा भवन नभई परिवारको सपना, सुरक्षा र खुसीको आधार भएको उल्लेख गर्दै ग्राहकलाई आफ्नै घरको यात्रामा साथ दिन प्रतिबद्ध रहेको बताएको छ। बैंकका अनुसार योग्य ग्राहकले आवश्यक कागजात पूरा गरी देशभर रहेका शाखा कार्यालयमार्फत कर्जा आवेदन दिन सक्नेछन्।

बैंकले यस योजनाअन्तर्गत विभिन्न सुविधा उपलब्ध गराउने जनाएको छ भने कर्जा स्वीकृति बैंकको आन्तरिक नीति तथा प्रचलित नियमअनुसार हुने स्पष्ट पारेको छ।

यस योजना सम्बन्धी थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्र वा नजिकको शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८३, बुधबार १२:०४   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।