काठमाडौं । नेपाल बजारमा बिहीबार सुनको मूल्यमा उछाल आएको छ । आज सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
योसँगै सुनको मूल्य तोलाको २ लाख ९६ हजार रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको तोलाको ४ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया