कोरोना भाइरसका कारण वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । कक्षा १२ को परीक्षा गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने थियो । तर महामारीका कारण स्थगित भएको परीक्षा अहिले सञ्चालन गरिएको हो । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी हुने परीक्षा साढे १ घण्टाको हुनेछ । ४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ ।
तस्बिरमा देखाईएका विधार्थीहरु आजबाट सुरु कक्षा १२ को परीक्षा दिने परिक्षार्थीहरु हुन् ।























प्रतिक्रिया