काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता लिपमोटरको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘B03X प्रो म्याक्स’ नेपाली बजारमा सार्वजनिक गरिएको छ। नेपालमा लिपमोटरका सवारीसाधनको आधिकारिक बिक्री–वितरण गर्दै आएको कम्पनीले नयाँ एसयूभी सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार B03X प्रो म्याक्स नेपाली ग्राहकलाई लक्षित गर्दै आधुनिक प्रविधि, आकर्षक डिजाइन र विद्युतीय सवारीको प्रिमियम अनुभव प्रदान गर्ने उद्देश्यले ल्याइएको हो।
नयाँ एसयूभी सार्वजनिक कार्यक्रममा यसको प्रारम्भिक मूल्य तथा विशेष छुटसमेत घोषणा गरिएको छ। सार्वजनिक गरिएको जानकारीअनुसार पहिलो १०० ग्राहकका लागि ४४ लाख ९९ हजार रुपैयाँ विशेष मूल्य तोकिएको छ।
B03X प्रो म्याक्सको डिजाइनमा आधुनिक एसयूभीको स्वरूपसँगै एरोडाइनामिक बनावट, आकर्षक एलईडी लाइट तथा प्रिमियम इन्टेरियरलाई प्राथमिकता दिइएको छ। अगाडिको भागमा लिपमोटरको लोगो र आधुनिक लाइटिङ डिजाइनले गाडीलाई आकर्षक देखाएको छ।
कम्पनीले नयाँ मोडलमा आरामदायी यात्रासँगै स्मार्ट प्रविधि, सुरक्षा र विद्युतीय ड्राइभिङ अनुभवलाई प्राथमिकतामा राखेको जनाएको छ। नेपाली बजारमा विद्युतीय एसयूभीको माग बढिरहेको अवस्थामा B03X प्रो म्याक्सलाई प्रतिस्पर्धी मूल्यमा सार्वजनिक गरिएको कम्पनीको दाबी छ।





















प्रतिक्रिया