Logo

उद्योग

ग्यास अभाव नहुने भन्दै अतिरिक्त नकिन्न संघको आग्रह



काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न आग्रह गरेको छ।

संघका अध्यक्ष दिवान बहादुर चन्दले सूचना जारी गर्दै ग्यास अभाव हुने आशंकामा सिलिन्डर सञ्चय गर्दा बजारमा कृत्रिम अभाव देखिएको बताएका छन्। अतिरिक्त ग्यास खरिद नगरे अहिले देखिएको अभाव तत्काल समाधान हुने उनको भनाइ छ।

नेपाल आयल निगमको पहलमा भारतका विभिन्न रिफाइनरीबाट सहज रूपमा ग्यास आयात भइरहेको संघले जनाएको छ।

पछिल्लो समय ग्यास आयात करिब १५ प्रतिशतले बढेको र गत आर्थिक वर्षको सोही अवधिको ४४ हजार ३१८ मेट्रिकटनको तुलनामा चालु अवधिमा आयात बढेको संघको भनाइ छ।

संघले घरायसी उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न बिक्रेतालाई आग्रह गरेको छ।

 

प्रकाशित मिति : २४ श्रावण २०८३, आईतवार १९:५४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।